News

चितवनमा भिषण हावाहुरी : रुख ढलेर किच्दा एकको ज्यान गयो, चार घाइते

भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा रहेका छन् ।उनकाे उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् ।

तेन्जिङ चोकमा बसोबास गर्ने संक्रमित युवतीका सम्पर्कमा आएका ८ जनाको परीक्षण रिपोर्ट आयो

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेन्जिङ चोकमा बसोबास गर्ने १८ वर्षीया एक युवतीमा कोरोना संक्रमण देखिएसँगै युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको जाँचमा उक्त युवतीसँगै सर्लाही रामनगर – ४ बाट आएका र काठमाडौँमा युवतीको सम्पर्कका रहेका आठ जनाको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।

बूढानीलकण्ठ नगरपालिकामा पहिलो कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र यही जेठ ५ देखि ८ गतेसम्म सिल गरिएको थियो । पिसिआर परीक्षण पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । नगर स्वास्थ्य प्रमुख दाहालका अनुसार नगरपालिकामा आरडिटी र पिसिआर परीक्षण जारी छ । जोखिम क्षेत्र र अग्रमोर्चाको परीक्षणपछि अन्य क्षेत्रमा पनि निरन्तरता दिइने जनाइएको छ ।

नगरपलिकाले हालसम्म ४६६ जनाको आरडिटी र १०१ जनाको पिसिआर परीक्षण गरेको बताइएको छ । चार सय ६६ आरडिटीमध्ये ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै नगरपालिकाले नगरका सम्पूर्ण जनप्रतिनिधि तथा स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीलगायत ९३ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ ।

Related Articles

Back to top button