News

नेपालका लागि भारतबाट आयो डरलाग्दो खबर

काठमाडौ । नेपाल–भारतबीच सीमाबाट सुरु भएको विवाद अहिले गम्भीर अवस्थामा आइपुगेको छ । भारतीय र नेपाली ह्याकरहरू बीच साइबर यु–द्ध सुरु भएको छ । लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई लिएर नेपाल र भारत सरकारहरूबीचको ‘बयानको यु–द्ध’ दुबै तिरका मिडियाहरुमा शीर्षक बन्दै गर्दा बिहिवारदेखि थप रोचक घटना उजागर भएका हुन् । दुबै देशका ह्याकरहरू यस्मा कुदेका छन् ।

आज भन्दा दुई दिन पहिले नेपालीहरुले भारतीय साइट ह्याक गरेको खबर चर्चामा रहेको थियो । तर अहिले खबर आएको छ कि नेपालको एक सरकारी साइट भारतीयहरुको हातमा पुगेको छ । भारतीयहरुले बिहिवार पनि नेपालको एक सरकारी साइट ह्याक गरेका थिए । आज मात्रै नागरिक उड्डयन प्राधिकरणको साइट भारतीय ह्याकरको कब्जामा गएको खबर बाहिर आएको छ ।

नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट भारतीय ह्याकरले कब्जा गरेका हुन् । भारतीय ह्याकरले ‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेका छन् । नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गरेसँगै भारतीय ह्याकरहरूले नेपाली साइट ह्याक गर्ने क्रम बढ्दैछ । अहिले साइट नेपालले आफ्नो नियन्त्रणमा ल्याउँन खोज्दैछ ।

Related Articles

Back to top button
Close