News

काठमाडौंमा पनि बढ्दै जोखिम, कोरोना संक्रमितको संख्या ३५ पुग्यो

लकडाउनसँगै काठमाडौं उपत्यकामा बस्दै आएका ठूलो संख्याका मानिस बाहिरिएपछि केहि सुरक्षित मानिएको काठमाडौंमा कोरोना संक्रमितको संख्या थपिंदै जान थालेपछि असुरक्षा बढ्दै गएको छ ।

कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लाबाट आउनेहरुलाई रोक्नका लागि राजधानी प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिनुका साथै विगतमा स्थानीय प्रशासनमार्फत उपलब्ध गराइँदै आएको सबैखाले पास रद्द गरिए पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या विस्तारै बढ्न थालेको छ । आज (सोमबार) एकैपल्ट तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमतिको संख्या ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आइतबार पनि काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै आइतबार नै कोरोना संक्रमण पुष्टि भएका नुवाकोट ककानी–३ का ३९ वर्षीय पुरुषलाई पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ । उनी स्थानीय नेकपाका नेता समेत रहेको पाइएको छ । उनी काठमाडौं बारम्बार आउजाउ गर्ने व्यक्ति भएको पाइएको छ ।

थप एक व्यक्तिको निधन र अन्य केही संक्रमितहरु निको भएको अपुष्ट खबर आएतापनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारेमा केही नबोलेको हुनाले तलको तालिकामा उनीहरुलाई समावेश नगरिएको जानकारी गराउन चाहन्छौं ।

Related Articles

Back to top button
Close