वर्षाले भनिन् : “म राष्ट्रियताको लागि मर्न तयार छु”
काठमाडौं, चर्चित नायिका वर्षा राउतले राष्ट्रियताको विषयलाई लिएर आफूमाथि प्रश्न नगर्न आग्रह गरेकी छिन् । एक अन्तर्वार्तामा बोल्दै उनले राष्ट्रियताको लागि मर्न तयार भएकोले सामाजिक सञ्जालमा अनावश्यक अफवाह नफैलाउन आग्रह समेत गरेकी छिन् ।राउतले नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका सञ्चारकर्मीहरुले उचालेर झगडा उत्पन्न गराएको बताएकी थिइन्।
राउतले नेपाल र भारत दुवै देशका अधिकारीहरु टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको र भारतीय मित्रहरुलाई पनि आफूसँग फेश गर्न अप्ठ्यारो भएको बताएकी थिईन् ।उनको उक्त टिप्पणीमाथि चौतर्फी आलोचना भएको थियो ।अन्तर्वार्ताको क्रममा राउतले यो प्रकरणमा आफूले माफी मागिसकेको जनाईन् । उनले भनेकी छिन्,’मैले मार्फी माँगें । मैले बोल्दा शब्द चयन गर्न सकिँन् ।
म राष्ट्रियताको लागि मर्न तयार छु । रगत बगाउनपनि तयार छु ।हाम्रो जमिन फिर्ता ल्याउनुपर्छ । नेपाली सञ्चारकर्मीहरुले एकदमै राम्रो काम गरेका छन् । म गाली होईन द्धिपक्षीय वार्ताद्धारा समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा छु ।’उनले आफूलाई सामाजिक सञ्जालमार्फत देशद्रोही भनेकोमा चित्त दुखेको पनि गुनासो पोखिन् । उनले भनिन्,’म राष्ट्रघाती होइन ।मोदीसँग जोडेर चर्चा गरिएको छ ।मनिषाजीले राखेको अडानमा मेरो सहमत छ ।’