News

धन कमाउन कोरिया गयका खड्कबहादुरको ला’स पनी नेपाल आउन पाएन ..

स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको श’व नेपाल ल्याउन नसक्दा आइतबार कोरियामै अ’न्त्येष्टि गरिएको छ। लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ श’वदाहगृहमा विद्युतीय माध्यमद्वारा अ’न्त्येष्टि गरिएको हो। उनी गत वैशाख ३० गते सुतेकै अवस्थामा मृ’त भेटिएका थिए।

अनुमति रोजगारी प्रणालीमार्फत रोजगारीका सिलसिलामा ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत थापा दोस्रो कार्यकालका लागि कोरिया आएका थिए । उनका परिवारमा आमा र दुई दाजु छन्।

थापाको कम्पनीमा उनीसहित पाँच नेपाली र तीन चिनियाँ विदेशी कामदारका रुपमा कार्यरत थिए। अहिलेको कोरोनाका कारण विषम परिस्थितिमा उनको श’व नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामा नै अन्तिम द’ाहसंस्कार गरिएको नेपाल मगर संघ कोरियाका अध्यक्ष सिपी मगरले बताए।

Related Articles

Back to top button
Close