Video

अब धेरै समय बाकी छैन मेरो नानु सियोना लाइ बचाई दिनुस भन्दै आमा लाइव मा (भिडियो सहित)

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ । थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ ।सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरी लाइ बचाउन आग्रह गर्नु भएको छ । सियोना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले सम्म लड्दै आको छ ।सियोना नेपाल मा हुदा देखि नै धेरै आस्पताल मा भर्ना भयो र पोल्याण्ड को आस्पताल मा नि icu मा महिना भन्दा धेरै बसेउ तर सियोना ले हार मानेको छैन धेरै शंघर्ष गर्दै आएको छ ।अब कति सहोस बिचारा यो सानो बच्चा ले तेसैले आउनुस मेरो नेपाली परिवार नानु को यो रोग लाई सधै को लागी हटाई दिउ । सियोना लाइ नया जीवन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न सबै को एकता चाहिन्छ सबैले please आफ्नो आफ्नो साथी परिवार मा हेल्प गर्न लाई request गर्दिनु अलि अलि गर्दै हुने हो सक्ने ले अभियान चलाई दिनु र नसक्ने ले share र आशिर्बाद दिनु ।नानु को उपचार आउने भद्र सम्म मा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथ मा साथ दिनु होला है र सबै लाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा ।र यो videos नानु को हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ

Related Articles

Back to top button
Close