Video

नेपाली बोल्ने अफ्रीकन गायिका, नेपाल पनि मन पर्छ भन्दै केपी ओलीलाई यसो भनिन (भिडियो सहित)

काठमाण्डौ । विदेशीले नेपाली बालिदिंदा हामीलाई निकै नै खुशी लाग्छ । नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी पनि । उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले राम्ररी नेपाली बोल्न जन्दछिन् । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लय र भाकामा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।

लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले तानेको उनी बताउँछिन् । उनी भन्छिन्,‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अलझायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ ।’ नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् । उनी नेपाली लोक गीत निकै नै राम्रोसंग गाउने रहेछिन् ।

विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्धन्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् । विशेषगरी उनले नेपाली सबै प्रकारको संस्कृतिहरुलाई रुचाएको बताउँछिन् । विउन्सीले नेपालको राजनीतिलाई पनि नियालेको बताउँदै उनले हाल नेपालको प्रधानमन्त्री केपी ओली भएको पनि बताईन् । उनले प्रधानमन्त्री केपी ओलीको नाम स्पष्ट रुपमा उच्चारण समेत गरिन् । भिडियोसहित

Related Articles

Back to top button
Close