International

बाबुको हर्कतका कारण आमासंग अलग बसी, दुखले आमाले हुर्काएकी छोरी रिहाना अहिले ४ हजार ४ सय करोडकी मालिक्नि बनिन्

एजेन्सी । इंटरनेशनल पप स्टार रिहानाले भारतमा चलिरहेको किसान आन्दोलनको विषयमा ट्वीट गरेपछि अहिले उनको चर्चा भारतमा निकै नै चलिरहेको छ । बारबाडोसको एउटा मिडिल क्लास परिवारबाट निस्किएर धनवान बनेकी रिहानाले पप म्यूजिक इंडस्ट्रीमा आफ्नो तेश्रो एल्बम गुड गर्ल बोलको गीतबाट चर्चित बनि रहेकी छन् । १६ वर्षको उमेरमा रिहानाले आफ्ना दुई साथीसंग मिलेर एउटा गर्ल ग्रुप बनाएकी थिईन् ।

उनले म्यूजिक प्रोड्यूसर इवान रोजर्सलाई आफ्नो पहिलो अडिसन दिएकी थिईन् । जो आफ्नो श्रीमतीको साथमा बारबाडोसमा घुम्नकालागी गएका थिए । सोही क्रममा उनी रिहानाको स्वर सुनेर निकै नै प्रभावित बनेका थिए । त्यसैको एक वर्षकै बीचमा रिहानाले बारबाडोस छाडेर अमेरिका गएकी थिईन् । उनी अमेरिका गएर उतै एउटा गीती एल्बम पनि निकालिन् । त्यसपछि रिहानाले आजसम्म कहिल्यै पनि पछि फर्किएर हेरेकी छैनन् ।

रिहानाको बालापन निकै नै दःखद तरिकाबाट गुज्रिएको थियो । उनका बाबु एक ड्र ‘ग ए’डि’क्ट’ हुनुकासाथै उनले अ’त्य’धि’क मात्रामा र’क्सि’ से’व’न पनि गर्ने गर्दथे । त्यही कारण उनको आमा र बाबु दुवै एकअर्काबाट अलग पनि भएका थिए । आमा बाबु अलग भएपछि रिहानाको बालापनमा केही त प्रभाव पर्यो नै । तर पनि उनी त्यो पारिवारीक परिस्थितिबाट भने सम्हालिएर बाहीर आईन् । यिनै धेरै समस्याहरुबाट जुध्दै रिहानाले एमिनेम, केल्विन हैरिस, केनी वेस्ट, जे जी जस्ता लेजेंडरी आर्टिस्ट्सका साथमा काम गर्न शुरु पनि गरिन् ।

२००८ सालमा रिहानाले धेरै सेलेब्सहरुलाई जोईन पनि गरिन् । सोही सेलेब्सलाई जोइन गरिसकेपछि रिहानाले ए’ड्सको विरुद्धमा जागरुकता फैलाउनकोलागी एक फैशन क्याम्पियनमा समेत भाग लिईन् । सोही साल रिहानाले एक टीवी स्पेशल स्टैंड अप टू क्यान्सर मा भाग लिईन् । उक्त क्यान्सर खोजकोलागी गरिएको उक्त अभियानमा उनी कार्यक्रममकोलागी १०० सय मिलियन डलर जतिको धन राशी जुटाउन सफल पनि भईन् ।

रिहानाले केही समय पहिले कोरोना भाईरस विरुद्धको लडाईमा ८ मिलियन डलर दिएकी थिईन् । उनले यसका साथै क्लारा लियोनेल फाउंडेशनको सहयोगमा न्यूयॉर्क मा रहेका आवश्यक परेका मानिसहरुलाई १ मिलियन डलर त्यसैगरी लस्ट एञ्जेल्समा रहने आवश्यक व्यक्तिकालागी भनेर २.५ मिलियन डलर र यसका अलावा अन्य संस्थाहरुकोलागी थुप्रै आर्थिक सहयोग गरेकी छन् ।

रिहानाले यसका साथै बीड २ बीट ए’ड्स, सिटी अफ होप, फी’डिंग अमेरिका, सेव द चिल्ड्रेन, यूनिसेफ, एल्जाएमर एसोसिएशन, लिव अर्थ, किड्स विश नेटवर्क, मिशन ऑस्ट्रेलिया जस्ता कयौं थुप्रै संस्थामा काम गरिसकेकी छन् । रिहानालाई आफ्नो च्यारेटीकोलागी भनेर पीटर ह्युमनिटेरियन अवार्ड पनि मिलेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Related Articles

Back to top button
Close