News

रुकुम घटनामा भेरी नदीमा हराइरहेकामध्ये एक युवाको शव चार दिनपछि नदीमा तैरिएको अवस्थामा फेला पारे

काठमाडौं- पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आ’क्रमणपछि भेरी नदिमा हा’म फा’लेर बे’पत्ता भएकामध्ये थप एक युवाको शव बुधबार फेला परेको छ।

घटनाको चार दिनपछि थप एक युवाको शव फेला परेको हो। अझै दुई जना बेपत्ता छन्। शसस्त्र प्रहरीको गोताखोर टोलीले ती युवकको शव फेला पारेको हो। गोताखोरले बुधबारदेखि बे’पत्ताको खोजी सुरु गरेको थियो।

भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यसअघि जाजरकोटकै भेरी नगरपालिका–४, का २१ वर्षीय नवराज विक, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का २० वर्षीय टीकाराम नेपालीको शव भेरी नदीमै गत आइतबार भेटिएको थियो भने सोमबार भेरी नगरपालिका–४, जाजरकोटका १९ वर्षीय गणेश बुढा मगरको शव भेटिएको थियो । उक्त घटनामा अरु २ जना अझै बेपत्ता छन् । भेरी नगरपालिका–४, जाजरकोटका सञ्जु विक र ११ नम्वर वडाका १७ वर्षीय गोविन्द शाही बेपत्ता छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्या’न जोगाउन भेरी नदीमा हा’म फालेकामध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो।

घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका सोही ठाउँका २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार बिहान सानी भेरी नदी किनारमा फेला परेको थियो।

गत शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथी लगेर रुकुमपश्चिमको चौरजहारी पुगेको समयमा घटना भएको थियो।

Related Articles

Back to top button