News

“नबराज तिमिले गरेको निष्पक्ष मायाकाे बद्लामा आफ्नो प्राण दिनु पर्यो”

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।

नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।

जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए ।

नवराजको समर्थनमा पुरा नेपाली उत्रिएको छन् । संसदमा पनि उनकाे बारेमा कुरा उठ्याे । उनकाे समर्थनमा सारा नेपाली जागेका छन् । संसदमा बाेल्दै राष्ट्रियसभामा बोल्दै गृहमन्त्री थापाले भने , ‘उनीहरु ३ वर्ष देखि प्रेम सम्बन्धमा थिए’ भनेर प्रस्ट्राएका थिए । त्यसपछि पुजा शर्मा हामी छिमेकीको बल मिचाँइसँग लड्नु कि आफ्नै घर भित्रको अन्तरजातिय विभेदसँग ? भन्दै उनकाे समर्थनमा उत्रिइन ।

उनको पक्षमा शान्ति श्री परियार पनि उत्रिएकी छिन् हेर्नुस के भनिन् ।

उनले फेसबुकमा लेखेकी छिन् :

नवराज तिमिले गरेको माया कति निष्कपट रैछ त्यो मायाको बद्लामा तिमिले आफ्नो प्राण दिनु पर्यो तिमि पनि त तिनि हरु जस्तै स्वार्थि निष्ठुरि भैदिएको भए हुन्थ्यो तर तिमि तेसो गरेनौ तिमिले गरेको प्रेम प्रतिको समर्पण ले आज तिमिलाइ यो समाजमा बाच्ने अधिकारै खोस्यो कस्तो दुख लाग्यो,आज आएर पनि हामि यस्तो समाजमा छौ, छि ।

तिमित अब २१औ सताब्दिमा आएर पनि आखा हुदा हुदैका अन्धो हरु कान हुदा हुदैका बहिरो हरु,दिमाग हुदा हुदैका पागल हरुको सिकार भयौ, अब एक पलको लागि तिम्री आमाको बारेमा सोचे मैले एक्दमै रोए म।

जस्ले तिमिलाइ नौ महिना आफ्नो कोखमा राखेर जन्म दिइन र आज यति ठुलो बनाएको छोरा लाइ कसैले बिभत्स रुपमा हत्या गरेर फ्याकिदियो रे भन्ने समाचार सुन्दा उनको मन कस्तो होला ?हे भगवान ति आमा लाइ यी पापि हरु बिरुद्द लड्ने सक्ती प्रदान गर्नु होला ।

यो मानवता भन्दा जात माथि सम्झने समाजमा जन्मिएको मा पछुतो छ आज मलाइ त्यो निर्दयी अपराधि हरु लाइ कडा भन्दा कडा कार्बाहि होस् । हार्दिक श्रध्दाञ्जलि नबराज बिस्वकर्मा

Related Articles

Back to top button
Close