News

हेटौँडामा गर्भवती महिलामा कोरोना पुष्टि

हेटौँडा, १४ जेठ । मकवानपुर जिल्लाको हेटौँडामा कोरोना पुष्टि भएकी महिला गर्भवती भएको बुझिएको छ । हेटौडा उपमहानगरपालिका १ चौकी टोल घर भएकी एक महिलामा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उनमा कोरोना भाइरस पुष्टि भएको हेटौँडाको कर्रामा रहेको आइसोलेशन इन्चार्ज भोला चौलागाइँले जानकारी दिए । ति महिला गर्भवती रहेको बताइएको छ ।

गएको जेठ ९ गते कोरोनाको लक्षण देखा परेपछि स्वाव परिक्षणका लागि ल्याबमा दिइएको थियो । कोरोनाको लक्षण देखिने विरामी भएपछि उनी त्यसबेलादेखि आइसोलेशनमा भन्दा पनि घरमै रहेको चौलागाइँले बताए ।

हेटौँडामा नै घर र यही बसोवास गर्ने महिलामा कोरोना पुष्टि भएको हेटौँडा अस्पतालका प्रमुख डा।प्रवीण श्रेष्ठले बताए । कोरोना सङ्क्रमित महिला गर्भवती रहेको स्रोतले जनाएको छ ।

हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उनमा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले जानकारी दिइन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ८३ पुगेको छ ।

Related Articles

Back to top button
Close