Health

र्‍यापिड टेस्ट गर्दा कोरोना देखिएका ४ व्यक्तीबारे २४ घण्टा नबित्दैँ आयो खुसीको खबर !

काभ्रेमा मंगलबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा एन्टीबडी पोजेटिभ देखिएका दुई युवकमा कोरोना संक्रमण नभएको पाइएको छ ।

बुधबार धुलिखेल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका एक अधिकारीले जानकारी दिए ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका वासिन्दा दुई युवकमा आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

धुलिखेल अस्पतालमा बुधबारमात्र ५० जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म धुलिखेल अस्पतालको प्रयोगशालामा दुई सय ६३ जनाको कोरोना संक्रमण परीक्षण भएको छ ।

यस्तै, सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा पोजेटिभ देखिएका दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार गरिएको आरडिटी परिक्षणमा तिलाठी कोइलाडी १ र खडक नगरपालिका ११ बनौलीका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।

आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुको स्वाब पीसीआर परिक्षणको लागि बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । बुधबार गरिएको दुइ जनाकै पीसीआर टेष्टमा नेगेटिभ देखिएको हो ।

Related Articles

Back to top button
Close