News

अपार्टमेन्टमा छायो खुशियाली: नायिका हमालले दिइन् सम्पुर्ण स्वास्थकर्मि, सुरक्षाकर्मीलाई धन्यवाद (भिडियो)

काठमाडौँ। काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टको ए ब्लगमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण भएपछि उक्त अपार्टमेन्टमा बस्नेहरु निक्कै चिन्तित थिए । चिन्तित मध्य एक चर्चित अभिनेत्री बेनिशा हमाल पनि हुन् ।

आफ्नै अपार्टमेन्टका सदस्यमा कोरोना भाइरस संक्रमण भएको खबर सुनेर चिन्तित बनेकी उनले आज भने खुशी साटेकी छिन । कारण संक्रमित बस्ने ए ब्लगमा रहेका सबैको र्यापिड टेस्ट नेगेटिभ आएको छ । ‘ब्लक जे’ मा आफ्नो परिवारसहित बस्दै आएकी बेनिशाले सामाजिक संजालमा भिडियो शेयर गर्दै खुशी बाँडेकी हुन् ।

बेनिशाले सम्पुर्ण स्वास्थकर्मि, सुरक्षाकर्मिलाई समेत हृदय देखि धन्यवाद दिएकी छिन । रिपोर्ट नेगेटिभ आएपछि अपार्टमेन्टमा देखिएको खुशियाली नायिका हमालले अपलोड गर्नुभएको भिडियोमा देख्न सकिन्छ।

Related Articles

Back to top button
Close