News

सोलुखुम्बमा एक कोरोना संक्रमित भेटिए, सोलुखुम्बुमा कोरोना पुग्नु रहस्यमय !! संक्रमितको छैन ट्राभल हिस्ट्री !!

प्रदेश १ को पहाडी जिल्ला सोलुखुम्बमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै प्रदेश १ को ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् र प्रदेशभरमा संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमण पुष्टि भएका युवकलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर पठाइएको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए ।

शेर्पाका अनुसार संक्रमण पुष्टि भएका युवक लकडाउन सुरु भएयता घरमा नै बसिरहेका थिए । उनलाई कहाँबाट कसरी कोरोना सर्‍यो भन्ने खुलेको छैन । ‘संक्रमित युवकको ट्राभल हिस्ट्री छैन’ उनले भने ‘लकडाउनअघि छिमेकी पालिकाबाट घर आएर बसेका हुन् बाहिर गएको देखिदैन ।’उनलाई कसरी संक्रमण भयो भन्ने खोजी भइरहेको मेयर शेर्पाले बताए । ‘दोस्रो पटक नमुना संकलन गर्दा पोजेटिभ देखिएको हो’ उनले भने, ‘परीक्षण गर्दा मानवीय त्रुटी पनि भएको हुनसक्छ ।

युवकमा कोरोनाको सामान्य लक्षण भने देखिएको उनले बताए । संक्रमित युवकसँगै लक्षण देखिएका अन्य दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।प्रदेश १ को झापामा ५४, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३० जना उपचार पछि घर फर्किएका छन् ।

Related Articles

Back to top button