News

अत्यन्त दुखत खबर ! झापामा ३ गाडी एकअर्कामा ठोक्किँदा २ जनाको मृत्यु, ४ को अवस्था गम्भीर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गामा तीनवटा सवारीसाधन ठो’क्किँ’दा दुईजना’को मृ’त्यु भएको छ। घाइते ४ जनाकाे अवस्था चिन्ताजनक छ।

दु’र्घटना परी मृ’त्यु हुनेमा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।

उनीहरूको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल’मा मृ’त्यु भए’को हो । प्रहरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित कोटीहोम नजिकै बुधवार दिउँसो प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपस’मा ठोक्किए’का हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख १६८४ नम्बरको ग्यास बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठो’क्किँ’दा दु’र्घटना भए’को हो । दुर्घटनामा परी कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घाइ’ते भएका थिए । त्यसमध्ये कारमा सवार दुई जना’को मृ’त्यु भए’को हो ।

गम्भीर घाइते हुनेमा कारमा सवारमा मृ’तक मगरकी श्रीमती ३० बर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ रहेको डिएसपी थापाले बताए।

उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दुर्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button