News

नुवाकोट तारकेश्वरका सोनाम तामाङको साउदीमा काम गर्दागर्दै अल्मोनियम मेसिनले थिचेर मृत्यु

नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का विर बहादुर तामाङको २८ बर्षीय छोरा सोनाम तामाङको साउदीमा काम गर्दागर्दै अल्मोनियम मेसिनले थिचेर मृत्यु भएका छन्।

वैदेशिक रोजागारको सिलसिलामा साउदी अरब पुगेका सोनाम तामाङ ड्युटीको दौरान काम गर्दैगर्दा कार्यस्थलमै अचानक मेसिन लडेर आएर थिचेपछी उनको ज्यान गएको हो। तामाङ बिगत ३ वर्षदेखी साउदीमा कार्यरत थिए। मृतक तामाङ काठमाडौंको बानेश्वरमा अवस्थित राज ओभर्सीजबाट साउदी अरबको रेफ मेटल ईन्डस्ट्रीज कम्पनीमा कार्यरत थिए ।

कम्पनीमा कार्यरत मृतकका साथीका अनुसार बिहानको समय थियो। हामी खाजा खानको लागि आराम गर्दै थियौं । अचानक उहाँमाथि मेसिन ढलेर तामाङको दु:खद निधन भएको बताएको छ।

मृतकको स्थायी ठेगाना नुवाकोट जिल्ला तारकेश्वर गाउँ पालिका वडा न. ६ वडाध्यक्ष ज्ञानेन्द्र तामाङको भतिज रहेका छन् । राहदानी नम्बर ०७०२४२४८ बाहक मृतक तामाङको ४ बर्ष अघि बिबाह भएको थिए ।

मृतक तामाङका जेठान विवेक लामाले नेपाली राजदुतावास तथा साउदीमा रहेका विभिन्न क्रियाशील नेपाली संघसंस्थालाई आवश्यक पहल गरी घटनाको सत्य तथ्य छानबिन गरी छिटो भन्दा छिटो पार्थिव शवलाई नेपाल पठाउन सहयाेग गरिदिनको लागि पिटि अनलाइन मार्फत हार्दिक अनुरोध गरेका छन् ।

Related Articles

Back to top button