News

नवराज विक प्रकरण: मृतक ५ जनाको पोस्टमा’र्टम रिपोर्टबाट भयो यस्तो गम्भीर खुलासा

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको रुकुम घटनामा ज्यान गुमाएकाहरुको मेडिकल रिर्पोट आएको छ ।लाश भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्ट मा–र्टम गरिएको छ । पोस्टमा–र्टम रिपोर्टमा कु–टपि–टपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन् ।

मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा गहिरो चो–ट देखिएको पोस्ट मा–र्टममा संलग्न एक चिकित्सकले जानकारी दिए । उनले मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चो–टपटक लागेको देखिएको बताएका छन् । ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’

उनका अनुसार नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं ल्याएको बताएको छ ।

अन्तरजातिय प्रेमबाट सुरु भएको यो प्रकरण अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चामा रहेको छ । एकजना अझैं पनि हराइरहेको जानकारी दिइएको छ । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक, पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवत्तीलाई दुलही बनाउँन गएका थिए ।

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले शुक्रबारदेखि काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेतको टोलीले शुक्रबार मृतक सन्दीप विकको लाशसमेत अवलोकन गरेको थियो । यसका साथै समितिले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोली घटनास्थलतिर गएर थप अनुसन्धान गर्ने जानकारी दिनुभयो । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित छानबिन समिति गठन गरेको छ ।

Related Articles

Back to top button
Close