News

लकडाउनले नछुने कालीमाटी र बल्खुमा रहेको तरकारी तथा फलफुल पसल, मध्यरातमा पुग्दा जे देखियो (भिडियो)

रुपनी जीएम – कोभिड – १९ कै कारण नेपाल लकडाउनमा रहेको आज २३ दिन भएको छ । लकडाउनको अर्थ हो सबै जना घर भित्रै बस्ने । नेपालमा सरकारद्वारा गरिएको लकडाउनको पालना अन्य देशको तुलनामा भएको नै मान्नु पर्छ । त्यसैको नतिजा हो अहिले सम्म नेपाल जस्तो विकासोन्मुख देशमा काेभिड – १९ ले खासै क्षति पुर्याउन सकेको छैन ।

लकडाउनको यस्तो महाबिपदमा सरकार र केही निजी संस्थाले जनतालाई भोकमरीबाट बचाउन राहत स्वरुप खाद्यान्नका विभिन्न प्रावधानहरू लागु गरेको छ । सो ही क्रममा एकातिर सरकारले खाद्यान्न, किराना र तरकारी पसल खुल्ला गरेर जनतालाई आवश्यकीय सामान उपलब्ध गराउन पनि अपील गरेको छ ।

सरकारले गरेको यो अपिलालाई मध्यनजर गर्दै काठमाडौंको कालीमाटी र बल्खुमा रहेको तरकारी तथा फलफुल पसलमा खुद्रामा व्यापार गर्नेहरूको भीड बिहानको दुई बजे देखि शुरू हुने गर्दछ । सरकारले एकातिर कोभिड १९ बाट नेपाली जनतालाई जोगाउन लकडाउनको समयावधी बढाइरहेको छ भने अर्को तिर लकडाउनमा रहेका जनतालाई भोकमरीबाट जोगाउन बिभिन्न खाद्यान्न पसलहरु खोल्नु भनेर अपील पनि गरेको छ ।

यस्तो अवस्थामा त्यस्ता पसल र मण्डीहरु खोलेर जनतालाई सेवा दिनु राम्रो त हो तर के मध्य रात र उज्यालो नहुँदै खोलिएका पसलहरुमा लाग्ने गरेको भीड सुरक्षित छ त ? जनतालाई दाल, चामल, तरकारी र फलफुल बेचेर सेवा पुर्याउने ती पसलहरुको स्वास्थ्य अवस्थाको बारेमा को जिम्मेवार हुने ?

के रातिको २ बजे तरकारी तथा फलफुल मण्डीमा लाग्ने गरेको भीडलाई कोभीड -१९ ले संक्रमित नगर्ने हो र ? खाद्यान्न स्टोर हुन्छ या फेरि तरकारी तथा फलफूल मण्डी नै किन नहोउन् खुला गर्ने अनुमति दिइन्छ भने त्यसको उचित व्यवस्थापन पनि गर्नु सरकारको उत्तिकै ठूलो जिम्मेवारी पनि हो ।तस्विर र भिडियो त हेर्नुहोस हामीले राति २ बजे पुगेर पत्रकार सन्दिप बस्नेतले खिचेको भिडियो :

Related Articles

Back to top button
Close