Video

भारतीयसंग बिवाह गरेकी नायिका बिपना थापालाई के भयो, नेपालमा आएको बेला यसरि रोईंन (भिडियो सहित)

एक समय नेपाली फिल्म क्षेत्रमा आफ्नो बलियो प्रभुत्व जमाएकी अभिनेत्री विपना थापा करीब एक दशकदेखि सक्रिय अभिनय जीवनबाट टाढा छिन् । भारतीय मुलका व्यक्तिसँग विवाह गरेपछि नेपाली फिल्मसँग दूरी बनाएकी उनी नेपाल भने आइरहेकी हुन्छिन् । एक छोराकी आमा समेत भइसकेकी उनी नेफ्टा फिल्म अवार्डमा सहभागी हुन नेपाल आएकी थिइन् ।

विवाहपछि नेपालमा आयोजना हुने कुनै अवार्ड कार्यक्रममा उनी सहभागी हुन पाएकी थिइनन् । आयोजकहरुले पनि उनलाई सम्झने गरेका थिइनन् । नेफ्टा अवार्ड आयोजक संस्था चलचित्र प्राविधिक संघले उनलाई एक महिना अगाडिदेखि नै सम्पर्क गरेर नेपाल बोलाएको हो । शनिवार पाँचतारे होटल सोल्टीमा भएको अवार्ड कार्यक्रममा पुग्दा उनी नर्भस र भावुक भएकी थिइन् ।

अवार्ड समारोहमा उद्घोषकको रुपमा रहेकी माल्भिका सुब्बाले वर्षौंपछि विपना थापासँग साक्षात्कार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनको भनाई जान्न खोजिन् । तर, माइक समात्न नपाउँदै विपनाले आँशु थाम्न सकिनन् । उनी शब्दविहीन भइन् । १४ वर्षपछि अवार्ड कार्यक्रममा सहभागी भएर फिल्म इन्डस्ट्रीको परिवारसँग भेट्न पाउँदा आफूसँग खुसीको सीमा नरहेको उनले बताइन् ।

गहभरि आँसु पार्दै उनले भनिन्, ‘म नेपालमा नभएर पनि होला । त्यसैले कसैमाथि आरोप लगाउन चाहन्नँ । तर, आजसम्म फिल्म इन्डस्ट्रीको एउटा कार्यक्रममा पनि मलाई बोलाइएको थिएनन् । म १११ वटा फिल्ममा काम गरेको हिरोइन हुँ । तर, १४ वर्षसम्म कसैले मलाई सम्झिएनन् । नेफ्टाले एक महिना अगाडिदेखि बोलाएपछि स्वास्थ्य राम्रो नहुँदा नहुँदै पनि आएँ । एकदमै खुसी छु ।’

वर्षौंपछि फिल्मी माहोलमा सहभागी हुन पाउँदा आफू विगतमा फर्किएको उनले बताइन् । अवार्ड कार्यक्रमबाट बाहिरिँदै गर्दा विपनाले मिडियासँग भनिन्, ‘म आज १४ वर्षअघिको विपना महशुस गरिरहेको छु । मलाई दर्शकहरुले निकै माया गर्नुहुन्छ । फिल्म इन्डस्ट्रीका धेरै जनासँग मेरो सामाजिक सञ्जालमा कुरा भइरहेको हुन्छ । सबैले आज पनि मलाई उतिक्कै माया गर्नुहुन्छ ।’

उनले अब आफू कमब्याकको तयारीमा रहेको बताएकी छन् । गत वर्ष केही फिल्ममा काम गर्ने सहमति भए पनि कोरोनाले रोकिएको उनको भनाई छ । उनी भन्छिन्, ‘आउँदो अक्टोबर वा नोभेम्बरतिर फिल्म गर्छु होला । भविष्यमा फिल्म बनाउन पनि सक्छ तर तत्काल अभिनयलाई नै निरन्तरता दिनेछु ।’ हालै एक सर्जरी गरेका कारण आफू केही मोटाएको उनले बताइन् ।

Related Articles

Back to top button