News

लगातार बढेको सुनको भाउ आज भने पत्याउनै नसकिने गरि यस्तो भयो !

लगातार बढेको सुनको भाउ आज भने पत्याउनै नसकिने गरि यस्तो भयो !नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु ५ बढेको छ। सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार रु ५ बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

यो पनि पढ्नुहोस् कोभिड–१९ को जोखिमबाट बच्न गत चैतदेखि सरकारले लकडाउन गरेपछि सर्वसाधारणमा नगद पैसा आफूसँगै राख्ने प्रवृत्ति बढेको देखिएको छ । लकडाउनका बेला हिँडडुलमा समस्या भएको, प्रायः बैंक तथा वित्तीय संस्था बन्द रहेकोलगायत कारण नागरिकले आफूसँगै नगद राख्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन् ।

अहिले कोभिड संक्रमण दर घट्दै गएको छ । तर नागरिकसमक्ष नगद रूपमा रहेको पैसा वित्तीय प्रणालीमा फर्किसकेको छैन । यही कारण सर्वसाधारणसँग रहेको मुद्रा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत पुससम्म मुलुकभर ५ खर्ब २३ अर्ब रुपैयाँ बराबरको मुद्रा नागरिकसँग छ । उक्त पैसा विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । यसरी राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई नागरिकसँग रहेको रकम ९करेन्सी हेल्ड बाई पब्लिक० भनिन्छ ।

नागरिकका साथै सहकारी, लघुवित्त वित्तीय संस्थालगायत औपचारिक र अनौपचारिक क्षेत्रमा रहेको रकमलाई नागरिकसँग रहेको पैसा मानिन्छ । आफ्नो आवश्यकता पूर्ति गर्न उक्त पैसा नागरिकले आफूसँग राख्ने भएकाले यसलाई चलनमा रहेको भनिएको हो । उक्त रकममा बैंक तथा वित्तीय संस्था ९क, ख र ग वर्गका वित्तीय संस्था० मा रहेको रकम पनि जोडेपछि चलनचल्तीमा रहेको रकम निकालिन्छ ।

Related Articles

Back to top button