News

आज देखि लकडाउनको बेला प्रहरीले बाटोमा भेटायो भने हुने छ यस्तो कारवाही

कोरोना भाइरस स’ङ्क्र’मण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उ’ल्ल’ङ्घन गर्ने र पासको दु’रुप’योग हुने क्रम बढेको छ । अनावश्यक व्यक्तिहरुले विभिन्न बहानामा वा झुटा विवरण पेश गरेर पास लिने गरेको पाइएको छ । पासको दु’रुप’योग भएपछि त्यसको नियन्त्रण क’डाइ थालिएको छ । पास दिन र दिएको पासको दु’रुप’योगबारे आजदेखि क’डाइका साथ अनुगमन शुरु भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पासको दु’रुप’योग रोक्न पहिले लिएको पासलाई निरन्तरता दिँदै अब भने मृत्यु संस्कार, बिरामी र मलामीका लागि मात्रै पास दिने जानकारी दिनुभयो । आज प्रशासनले विज्ञप्ति जारी गरी पास दु’रुप’योग भएकाले नियन्त्रण गर्न लागिएको जनाएको छ ।

अघिल्लो हप्ता एक व्यक्तिले आफन्त -बि-तेको भनेर पास लिएका थिए । उनले त्यो पासबाट यात्रु बोकेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । सान देखाउनका लागि समेत पास लिने गरेको पाइएको प्रहरीले जनाएको छ । विभिन्न ब-हा-नामा यसरी पास लिने बढीरहेकाले अहिले सडकमा सवारी आवागमन समेत बाक्लिएको छ । सरकारले अत्यावश्यक कामका लागि मात्रै पास लिन अनुरोध गरेको छ ।

यसअघि दिइएको पहेँलो रङ्को पास भने कायमै राखिएको छ । केही दिनदेखि ई–पासको व्यवस्था गरिए पनि त्यसको समेत दु’रुप’योग हुन थालेपछि रोक्न लागिएको हो । “घरमा बसेर ज-था-भा-वी सन्देश पठाएर पास माग्ने गरेको देखियो, सात हजार बढीको ई–सन्देश आइसकेको छ, त्यसलाई रोक्नुको विकल्प छैन, बहाना बनाएर पास लिने बढे”, प्रजिअ दाहालले रासससँग भन्नुभयो ।

प्रहरीले पास लिएर गु-ड्ने सवारी साधनले दु’रुप’योग समेत भएको पाइएपछि अनुगमनमा समेत क’डाइ थालेको छ । लकडाउन अबधिमा पास लिएरसमेत धेरै सङ्ख्यामा सवारी साधन गु-ड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई क’डाइ गर्न लागेको हो ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायाबधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले क’डाइका साथ जाँच र का-रबा-ही गने थालेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक काम बाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक रुपमा बाहिर निस्किन तथा पास छ भनेर सा-न देखाउँदै हिड्ने गरेको भेटियो, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी गर्नेछ ।”

प्रहरीका अनुसार उपत्यकामा अहिलेसम्म लकडाउन उ’ल्ल’ङ्घन गर्ने आठ हजार ९७४ सवारी साधन होल्ड तथा एक हजार ८४६ वटा पासको दु’रुप’योग गरी गुडेको सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा २१ जना मा-दक से-वन गरी सवारी चलाउने चालकलाई पनि कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो । यसरी दु’रुप’योग गरेको पाइएमा भने लकडाउन अवधिभर नै सवारी साधन राखिने जनाइएको छ ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त जाँच हुने गरेको छ । जाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलावा पासको प्रयोग, अनुमति प्राप्त व्यक्ति भए नभएको सोधपुछसमेत गर्नेछ ।

कोभिड–१९ को स’ङ्क्र’मण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । सरकारले लकडाउनलाई थपेर वैशाख १५ गतेसम्म जारी गर्ने निर्णय गरिसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा १६ जना सङ्क्रमित भएका छन् ।तनहुँमा ३५८ जनाको रिपोर्ट नेगेटिभतनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।सोमबार र मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तहका ८५ वटै वडा वडामा आरडिटी किट पठाएर परीक्षण कार्यलाई तीब्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । “आरडिटी परीक्षणबाट बढीमा २० मिनेटमा रिर्पोट आउँछ”, उहाँले भन्नुभयो, “पोजिटिभ आए स्वाब सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला पोखरामा पठाउने व्यवस्था मिलाइएको छ ।”

बिहीबार सम्ममा जिल्लामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटबाट परीक्षण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको उहाँले बताउनुभयो जिल्लामा विभिन्न देशबाट घर फर्किनेको सङ्ख्या सात सय २५ रहेका छन् । शनिबार मात्रै छ सय ४२ थान किट आएपछि आइतबारदेखि परीक्षण कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।भारतलगायत अन्य विभिन्न देशबाट जिल्ला प्रवेश गरेका सबै व्यक्तिलाई आरडिटी किटबाट कोरोना परीक्षण गर्नेछ । उहाँले भन्नुभयो, “घरमा तथा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर चौध दिन पुगेका र २१ दिन ननाघेका व्यक्तिको किटबाट परीक्षण गर्नेछ ।”

Related Articles

Back to top button
Close