Entertainment

बिहे गर्न केटा नै पाएको छैन- निरुता सिंह

पोखरा – नायिका निरुता सिंहले भने जस्तो केटा नपाएर बिहे नभएको बताएकी छन् । पत्रकारले बिहे कहिले गर्ने भनेर सोधेको प्रश्नमा निरुताले केटा नै नभेटेको भन्दै टारिरहकी छन् । जहिले बिहे कहिले गर्ने भनेर सोधेर मात्र हुन्छ कि मिडियाकर्मी दाजुभाइले पनि खोजिदिन भन्दै उनले ठट्याैली जवाफ दिइन् ।

चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि नयाँ चलचित्र साइन नगरेकी निरुताले आफूलाई सुहाउँदो भूमिका आयो र चित्तवुझ्दो कथा भयो भने काम गर्ने बताएकी छन् ।

एक समयकी स्टार नायिका निरूताले लामो समयपछि दाल भात तरकारीमा काम गरेकी थिइन् । उनले नेपाली चलचित्र क्षेत्रले धेरै माया दिएको छ । नेपाल आउँदा सधै नै चलचित्र क्षेत्र र मिडियाकर्मीले सम्झेकोमा खुशी हुँदै नेपाली चलचित्र क्षेत्रमा काम गर्न म सधै तयार रहेको बताइन् ।

निरुताले नायकद्धय उत्तम प्रधान र दिलिप रायमाझीसँग मिलेर ‘दर्पणछाया फेरि’ निर्माण गर्न लागेको पनि बताइन् । कोभिडले गर्दा रोकिएकाले अब चाडै नै चलचित्रको काम अगाडि बढ्ने उनले बताइन् । उनि उमेरले ४८ बसन्ता पार गर्दा पनि उनले बिहे गरेकी छैनन् । ढल्किदो उमेरमा पनि उनको सुन्दरतामा भने कुनै कमि छैन ।

Related Articles

Back to top button