Entertainment

यी ७ नेपाली नायिकाः जसले चलचित्रकर्मीलाई नै बनाए जोडी

चलचित्र क्षेत्रमा धेरै यस्ता नायिकाहरु छन्,जसले रिल लाइफमा मात्र नभएर रियल लाइफमै चलचित्रकर्मीलाई आफ्नो जोडी बनाएका छन् ।कलाकारको प्रेमको विषयले निकै चर्चा पाउने गर्दछ । धेरै कलाकारको नाम एक अर्कासँग जोडिरहेकै हुन्छ । एउटासँग मनमुटु जोडिएको चर्चा चलिरहँदा अर्को महिना अर्कोसँग डेटिङ गरिरहेका खवर बाहिर आउँछन् ।तर आज हामी यस्ता रिल जोडी जो रियलमा पनि जोडी बने उनिहरूबारे चर्चा गर्दैछाै ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

निश्चल बस्नेत र स्वस्तीमा खड्का

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का श्रीमान श्रीमती हुन्। उनीहरुले २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए । विवाहपछि पनि यो जोडी चलचित्रमा निकै व्यस्त बनेको छ। यो जोडीलाई निकै सफल जोडीका रुपमा पनि लिइने गरिन्छ।निश्चलले निर्देशन, गायन, नृत्य लगायतका विधामा काम गरेका छन् । निश्चल र स्वस्तिमाले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी

प्रियंका कार्की र आयुषमान देशराज जोशी पनि दुबै कलाकार हुन्। चर्चित अभिनेत्री कार्की र नायक जोशीले गत फागुन १७ गते विवाह गरेका थिए। लामो समय प्रेम सम्बन्धमा रहेको यो जोडीले बाजा बजाएरै बिवाह गरेका थिए। कार्की डिर्भोसी नायिका हुन् भने आयुष्मानको पहिलो विवाह हो । कार्की आयुष्मान भन्दा ६ वर्ष कान्छा छन्।

झरना थापा र सुनिलकुमार थापा

नयिका झरना थापाका रियल जोडी हुन् निर्माता सुनिलकुमार थापा । उनी चलचित्र निर्माताका साथै व्यापारी पनि हुन् । उनीहरुले चलचित्र क्षेत्रमा सहयात्रा गरेको करिब २ दशक पूरा भइसकेको छ ।

उनीहरुले करिब ३ महिनाको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । सुनिल झरनाको हात माग्न जाँदा अभिभावकले उनीहरुको सम्बन्धलाई अस्वीकार गरेपछि उनीहरुले भागी विवाह गरेका थिए ।

नायिका झरना थापालाई चलचित्र निर्देशनका निम्ति अभिप्रेरित पनि उनकै श्रीमान सुनिलकुमार थापाले नै गरेका थिए । झरनाले निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ ले दर्शकको राम्रो साथ पाउन सफल भएको थियो ।

दिपिका प्रसाईँ र दिवाकर भट्टराई

चलचित्र वृत्तको अर्को रियल जोडी हुन् नायिका दिपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराई । उनीहरुले कानुनी रुपमा विवाह गरेका थिए । दिपिका प्रसाईँलाई चलचित्रक्षेत्रमा दिवाकरले नै ल्याएका थिए । दिपिकाले चलचित्र ऐश्वर्य बाट चलचित्रक्षेत्रमा डेब्यु गरेकी थिइन् ।

त्यसै समयदेखि नै उनीहरु प्रेम सम्बन्धमा रहेको चर्चा थियो । नायिका दिपिका प्रसाईँ अभिनित चलचित्र छक्का पञ्जा ३ ले चलचित्र इतिहासकै सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो ।

वर्षा राउत र सञ्जाेग कोइराला

खुल्ला प्रेममा रमाएको अर्को जोडी हो नायिका वर्षा राउत र सञ्जाेग कोइरालाको जोडी । उनीहरु करिब ८ वर्ष देखि नै एक अर्काको प्रेममा थिए । उनीहरुले पहिलेदेखि नै संयुक्त रुपमा व्यापार समेत गर्दै आएका छन् ।यो रियल जोडीले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

निखिल उप्रेती र संचिता लुँइटेल

संचिता निखिलको दोस्रो श्रीमतीको रूपमा भित्रिएकी हुन् । यसअघि अाकाश शाहसँग बिवाह गरेर छुट्टीएकी संचिता निखिलकी कान्छि बनेकी हुन् । निखिलले हाल दुबै श्रीमतीलाइ मिलाएर राखेका छन् ।

Related Articles

Back to top button