Horoscop

यस्तो छ तपाईको बिहिबारको भाग्य, चैत्र ५ गतेको राशिफल हेर्नुहोस्

मेषः वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक अवस्था सुमधुर हुनेछ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमीमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृषः व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ । माया प्रेममा धो का तथा विश्वास घा त हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

मिथुनः साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरुलाई निरन्तरता दिन सकिनेछ ।

कर्कटः शत्रुमाथी वीजय गर्न सकिनेछ तथा आँट, शाहस, हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका अबस्था सुधार हुनेछ । पछि सम्म आम्दानी भईरहने व्यावसाय शुरु गर्न सकिनेछ । प्रेम सुमधुर हुनेछ ।

सिहंः पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेम सुमधुर हुनेछ भने विभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

कन्याः घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धो का तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेकोछ ।

तुलाः उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

वृश्चिकः पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्वसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगती गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

धनुः विद्यार्थिहरुका लागि आजको समय उत्तम रहेकोले नतीजा आफैँतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरु प्राप्त हुनेछन् ।

मकरः दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पत्ती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तर पनी काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कुम्भः ईमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ ।

मीनः राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ । व्यवसायमा लगानी बढाई धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

Related Articles

Back to top button