Intresting

छोरीको विवाहमा मात्र ७ अर्ब ७८ करोड खर्च गर्ने प्रमोद अहिले यसरी देशकै ठूलो कंगाल बने

लवीना टन्डन । स्टीलको दुनियाँका बादशाह लक्ष्मी मित्तलका कान्छो भाइ प्रमोद मित्तलले आफ्नी छोरीको विवाहमा ७ अर्ब ७८ करोड भन्दा धेरै रूपैयाँ खर्च गरेका थिए ।तर अब उनी बेलायतको सबैभन्दा ठूलो कंगाल भएका छन् । उनी भन्छन् कि उनीहरुसँग करीव २५४ करोड पाउण्ड अर्थात ३ खर्ब ९२ अर्ब ११ करोड भन्दा धेरै रुपैयाँ ऋण रहेको छ । उनी आफ्नी श्रीमतीको खर्चमा बाँचिरहेका छन् । ऋण कै कारण उनी देशकै ठूलो कंगाल घोषित भएका छन् ।

६४ वर्षीय मित्तललाई यस गर्मीमा लन्डनको इन्सोलभेन्सी एण्ड कम्पनी अदालतले कंगाल घोषित गरेको हो । उनीहरुसँग कुल ऋण ३ खर्ब ९२ अर्ब ११ करोड भन्दा धेरै रुपैयाँ रहेको छ ।यसमा १७ करोड पाउण्ड अर्थात २६ अर्ब भन्दा धेरै ऋण समावेश छ, जुन उनले ९४ वर्षीय बुबाबाट लिएका हुन् । यसैगरी उनले पत्नी संगीताबाट ११ लाख पाउण्ड अर्थात झण्डै १७ करोड, छोरा दिव्येशबाट २४ लाख पाउण्ड अर्थात ३७ करोड भन्दा धेरै र आफन्त अमित लोहियाबाट ११ लाख पाउण्ड अर्थात झण्डै १७ करोड ऋण लिएका छन् ।

उनका अनुसार अब उनीसँग १.१० लाख पाउण्ड अर्थात झण्डै १ करोड ७० लाख सम्पत्ति रहेको छ । अहिले उनको आम्दानी हुने कुनै पनि व्यवसाय रहेको छैन । मित्तल आफ्ना ऋणिहरूलाई कुल ऋणको एकदम सानो अंश दिन सक्ने अवस्थामा रहेका छन् ।

उनलाई आशा छ कि उनले यस कंगालीपन समस्याको समाधान चाँडै भेट्टाउनेछन् । उनले सबैभन्दा धेरै ऋण ब्रिटिश भर्जिन टापु कम्पनी डायरेक्ट इन्भेस्टमेन्ट लिमिटेडबाट लिएका छन् । उनले ब्रिटिश भर्जिन टापु कम्पनी डायरेक्ट इन्भेस्टमेन्ट लिमिटेडलाई १०० करोड पाउण्ड अर्थात १ खर्ब ५४ अर्ब भन्दा धेरै ऋण तिर्न बाँकी रहेको छ ।

प्रमोद मित्तलले सन् २०१३ मा आफ्नी छोरी सृष्टिको लगानीकर्ता बैंकर गुलराज बहलसँग विवाह गराएका थिए । यसमा उनले आफ्नो भाई लक्ष्मी मित्तलकी छोरी वनिषाको विवाह भन्दा धेरै खर्च गरेका थिए । जानकारी अनुसार उनले उक्त विवाहमा ५ करोड पाउण्ड लगभग ७७ अर्ब बढी खर्च गरेका थिए ।

अहिले मित्तल भन्छन्, ‘मसँग अहिले कुनै आय छैन । मेरो श्रीमती आर्थिक रूपमा स्वतन्त्र छिन । हाम्रो बैंक खाताहरू पनि अलग–अलग छन् । म तिनीहरूको आयको बारेमा धेरै कम जानकार छु ।मेरो खर्च मासिक लगभग २ हजारदेखि ३ हजार पाउन्ड अर्थात २ देखि ३ लाख हुन्छ । मुख्यतयाः मेरी श्रीमती र परिवारले खर्च चलाइरहेका छन् । मेरो कंगाली प्रक्रियाको कानूनी खर्चहरू पनि अरु कसैले गर्दैछ ।’

मित्तल उत्तर बोस्नियाको मेटलर्जिकल कोक उत्पादन कम्पनी ग्लोबल इस्पात कोकसाना इन्डस्ट्रीलीजा लुकावाक (जीआईआईसीआईएल) का सह–मालिक थिए । उनी यसको सुपरवाइजरी बोर्डको अध्यक्ष समेत रहेका थिए । समस्या के भयो भने उनले यस कम्पनीको ऋणका लागि उनले व्यक्तिगत ग्यारेन्टी दिएका थिए ।

यहाँबाट उनका खराब दिनहरू सुरु भएको मान्न सकिन्छ । सन् २०१३ मा, कम्पनी घाटामा गएका कारण लगभग १६।६ करोड डलर अर्थात झण्डै २० अर्बको ऋण तिर्न असफल भयो । प्रमोद मित्तललाई गत वर्ष उक्त कम्पनीका दुई अन्य अधिकारीहरूसहित पक्राउ गरिएको थियो ।भारतमा पनि सार्वजनिक कम्पनी राज्य ट्रेडिङ कर्पोरेशन (एसटीसी) सँग करीव २,२०० करोड रूपैयाँ (भारु) को जालझेल गरेको आरोपमा मनी लान्डरिङ्गको मुद्दा चलिरहेको छ ।

Related Articles

Back to top button