News

काठमाडौमा फेरी काभ्रे केन्द्रबिन्दु बनाएर भुकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समय पछि फेरी भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान १० बजेर पाँच मिनेटमा भुकम्पको धक्का महशुष गरिएको हो । भुकम्प मापन केन्द्रले काभ्रे केन्द्रबिन्दु भएर धक्का आएको जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको थियो।

केन्द्रकाअनुसार बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेको सीसाखानीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्यूडको भूकम्प गएको हो।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ। सो भुकम्प पछि नेपालमा धेरै पटक पराकम्प गैसकेका छन् । केही ठूला र साना भुकम्पको धक्काले सर्वसाधारणमा डर भने यथावत छ ।

यो अर्को समाचार, होटलमा आगलागी
भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो ।

आगलागीबाट होटलमा राखिएको म दि रा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर न ष्ट भएको पीडित थापाले बताए ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँड्नुभएका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button