News

विदेशबाटै अनलाइन मार्फत पुन: श्रम स्वीकृति कसरी गर्ने ? (भिडियो)

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन् । बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन । यस अघि श्रम स्वीकृति लिन स्वदेश आउनैपर्ने बाध्यता थियो ।

अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले गत साता देखी यो प्रणाली सुरु गरिसकेको छ ।

यी छ कागजात आवश्यक:-
१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि २. राहदानीको प्रतिलिपि ३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा ४. रोजगार करारपत्र ५. जीवन बिमा ६. कल्याणकारी कोषमा रकम भुक्तानी

पुन: स्वीकृतिको लागि कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाईएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

विभागका अनुसार बिदामा नेपाल आएका श्रमिक पनि श्रम स्वीकृतिका लागि प्रदेश र केन्द्रमा तोकिएको कार्यालयमा धाइराख्नु पर्दैन । अर्को महत्वपूर्ण कुरा पुनः श्रम स्वीकृति लिन म्यानपावर कम्पनीको सहयोग आवश्यक पर्दैन । एक पटक श्रम स्वीकृति लिएपछि दुई वर्षसम्म त्यसको म्याद हुन्छ ।

विदेशबाटै अनलाइन मार्फत पुन: श्रम-स्वीकृति गर्ने सम्पूर्ण तरिका, प्रकृया र समाधान भिडियोमा हेर्नुहोस… भिडियो स्रोत : नरेस सेन

Related Articles

Back to top button