News

साताको पहिलो दिन सोच्नै नसकिने गरी घट्यो सुनको मूल्य ;

सुनको मूल्य यो महिनाकै सस्तो भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ८५ हजार ६ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य ८५ हजार १५० कायम भएको छ ।

सोमबार छापावाल सुन ८६ हजार २ सय र तेजावी सुन ८५ हजार ७५० मा कारोबार भएको थियो ।फाल्गुनको पहिलो दिन ९० हजार ८ सय कायम भएको सुनको मूल्य त्यसपछिका दिनहरुमा लगातार घट्दो क्रममा रहेको छ ।

आज कायम भएको मूल्य यो महिनाकै सस्तो मूल्य हो । सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ ।

Related Articles

Back to top button