Intresting

सुटकेसमा ३० करोड बोकेर हिडेको युवतीको अन्त्यमा भयो यस्तो नसोचेको अवस्था

काठमाडौं। ५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन् । ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ) राखेर लण्डनको हिथ्रो विमानस्थलबाट दुबइ उड्ने प्रयास गरेकी थिइन् ।

२० वर्षकी तारा हान्लोनलाई हिथ्रोमा बोर्डर फोर्सका अधिकारीहरुले प’क्राउ गरेको द सनको समाचारमा जनाइएको छ ।सुरक्षाकर्मीले उनका लगेजभित्र ठूलो परिमाणमा नगद फेला पारेका छन् । यो यस वर्ष यसरी पक्राउ गरिएको सबेभन्दा ठूलो रकम हो । हान्लोनलाई मनी लण्ड्रिङको अभियोगमा मुद्दा चलाइएको छ । उनलाई अक्सब्रिज मजिस्ट्रेटको अगाडि उपस्थित गराएर अनुसन्धानको लागि म्याद थपिएको छ । अदालतले उनलाई नोभेम्बर ५ सम्मको लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यो पनिपढ़नु होस: चार रुपैयाँमा चिउरा तरकारी !तनहुँकाे व्यास नगरपालिका–१२ भड्खालामा रहेकाे मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा नै खाँदै आएका छन् । ‘हम हाउस’ नामक एक जापानिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक २५ हजार रुपैयाँ सहयोग गर्दै आएको छ । दुई सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक चार रुपैयाँ पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताउनुभयो ।

यस संस्थाले गएकाे भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ । प्रधानाध्यापक पाण्डेले भन्नुभयो, ‘खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट, चम्चा, गिलासलगायतका सामग्री सहयोग भएको छ ।’ बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका यस संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ ।

Related Articles

Back to top button