News

लकडाउन जेठ ३२ सम्म लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म ब’न्द

काठमान्डौ , आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय ब’ढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बै’ठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म ब’न्द गर्ने निर्णय गरेको छ ।

यस्तै विदेशमा अ’लपत्र रहेका नेपालीलाई ल्याउने का’र्ययोजना स्वी’कृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अ’लपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।

नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सि’फारिसमा सरकारले लकडाउन ल’म्बाउने नि’र्णय गरेको हो ।

Related Articles

Back to top button
Close