News

आज जेष्ठ १९ इतिहासकै कहालीलाग्दो दिन – दरबार ह’त्याकाण्ड भएको १९ बर्ष पुरा

काठमान्डौ , राजा वीरेन्द्रको वं’शै नाश हुने गरी दरबार ह’त्याकाण्ड भएको आज (सोमबार) १९ वर्ष पूरा भएको छ। २०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको गो’लीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका सबै सदस्यको ह’त्या भएको थियो। गो’लीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको ह’त्या भएको थियो।

घ’टनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र के’तकी चे’स्टर ’घाइते भएका थिए। जेठ १९ लाई नेपाली इ’तिहासमै क’हालीलाग्दो दिनका रूपमा लिने गरिन्छ। घ’टनाको छा’नबिन गर्न तत्कालीन सरकारले ग’ठन गरेको समितिले तयार पारेको प्र’तिवेदनले गो’लीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठ’हर गरेको थियो। तर यसलाई धेरैले पत्याएका छैनन्। अहिलेसम्म त्यो ह’त्याकाण्ड कसले र किन ग‍र्यो भन्ने वास्तविकता अझै र’हस्यकै ग’र्भमा छ। सरकारले उक्त घ’टनाको स’त्यतथ्य बाहिर ल्याउने प्र’तिवद्दता जनाए पनि अहिलेसम्म कुनै क’दम चा’लिएको छैन।

Related Articles

Back to top button
Close