Video

‘धुर्मुस-सुन्तलीले देश डुवाउँदैछन्, यो हो प्रमाण’ भन्दै आउने यि महिला को हुन् ? कसरी डुवाए उनीहरुले देश (भिडियो हेर्नुस्)

काठमाण्डौ । नेपालकै वहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागेका सिताराम कट्टेल धुमुर्स र उनकी पत्नी कुञ्जना घिमिरे सुन्तलीलाई ठगीको आरोप लागेको छ ।

क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक संकलनका लागि मेची महाकाली अभियान संचालन गरेका उनीहरुलाई यि महिलाले ठगीको आरोप लगाएकी छिन् । तारा बराल नामकी यी युवतीले आफुसंग प्रमाण समेत भएको दाबी गरेकी छिन् । मागिखाने जोगी जस्ता तुच्छ शब्द समेत प्रहार गरेकी छिन् ।

चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ ।धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ ।

क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए ।

उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए । मज्दुरले पैसा दिँदा धुर्मुस निकै भावुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटोखर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्कनुहोला शुभकामना छ ।

यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भावुक भएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनको तर्फबाट अभियानमा सहभागी भएका अर्जुन घिमिरे (पाडे) ले पैसा लिएर भने यो तपाईहरुले दिएको आर्शिवाद हो । हामी कञ्चनपुरबाट यो अभियान सुरु गरेका छौं । हाम्रो अभियानमा सबैको साथ रहने छ ।

Related Articles

Back to top button