News

काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदुषित शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सेवा बन्द

काठमाडौं, १३ चैत । शुक्रबार दिउँसो काठमाडौं विश्वकै पहिलो प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै पहिलो वायु प्रदूषित शहरमा राखेको हो । प्रदूषित शहको लिष्टको दोस्रोमा चीनको राजधानी बेइजिङ रहेको छ । तेस्राे नम्बरमा भारतकाे मुम्बइ, चाैँथाे नम्बरमा बंगलादेशकाे ढाका र पाँचाैँ नम्बरमा चीनकाे वुहान रहेकाे छ ।

काठमाडौंमा प्रदुषण बढ्दा हवाइ उडानमा समेत असर परेको छ । त्रिभूवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्नबाट उडान तथा अवतरण दुवै बन्द गरिएको छ । भारतको विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापन छाएका कारण वायु प्रदुषण भएको बिज्ञहरुको भनाइ छ ।

शुक्रबार काठमाडौंबाट उड्ने दर्जनौँ उडानहरु प्रभावित भएकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थल स्राेतले जनाएकाे छ । जसमा सबैभन्दा धेरै भरतपुरको उडानहरु प्रभावित भएको विमास्थल स्रोतले जनाएको छ ।

विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ । Source:news24nepal

Related Articles

Back to top button