Hollywood/Bollywood

प्रभासले किने ६ करोडको कार, साउथमा महँगो कार चढ्ने बने एक्ला कलाकार

काठमाडौं – साउथ फिल्मका अभिनेता प्रभासले महँगो कार किनेका छन् । कारका निकै सौखिन प्रभासले हालै करोडौं मुल्यको कार किनेको भारतिय मिडियामा बताइएको छ ।

उनले भारतीय मूल्य ६ करोडमा लेम्बर्गिनी एभेन्टाडोर एस रोडस्टर किनेका हुन् । उनले कार किनेर हैदराबादको सडकमा चलाइरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो कार आफ्नो पिता सूर्या नारायण राजूको बर्थ एनिभर्सरीमा किनेको बताइएको छ । यति महँगो कारमा बसेर हिड्ने उनी साउथ फिल्मका एक्ला कलाकार भएका छन् ।

पछिल्लो समय महँगा अभिनेतामा गनिने प्रभासले फिल्म साहो मार्फत बलिउडमा पनि डेब्यु गरिसकेका छन् । अहिले भने उनी फिल्म आदिपुरुष र सलारमा व्यस्त छन् । उनले अहिले एक पिःल्ममा सय करोड पारिश्रमिक लिने गर्छन् ।

Related Articles

Back to top button