News

आज ,फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – बुधवार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो ।

मंगलबार प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८५ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार १ सय ९५ रुपैंयामा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button