Video

नवराजकि प्रेमिका मल्लकी आफ्नै भाउजुले खोलिन् नन्दको नालिबीली, पेटमा भएको बच्चाको बारेमा पनि बोलिन (भिडियो)

१० जेठ शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको जघन्यकाण्डले मन–मुटु हल्लाएको छ । एक दलित युवाले गैरदलित युवतीलाई मन पराएकै कारण ती युवा मात्र होइन, उनीसँग गएका पाँच जनाको शव फेला परिसकेको छ, एक जना अझै हराइरहेका छन् ।भेरी नदीमा गोताखोरहरूले शव बाँधिएको अवस्थामा भेट्नुले युवालाई कु’टपि’ट गरेर बाँधेर नदीमा फालिएको देखिन्छ । यसबाट बुझिन्छ, कुन हदको क्रूरता र ज्यादती गरिएको थियो । यति असभ्य समाजको कल्पना मात्र पनि शायदै गरिएको थियो ।

समाचार अनुसार प्रेमिकाकै सहमतिमा उनलाई लिन गएका नवराज विक र उनका साथीहरूले जोरजब’र्ज’स्ती गरेका छैनन् । अ’पहरण शैलीमा उठाउन खोजेका पनि छैनन्। डर, धाक–ध’म्की दिएका पनि छैनन् । प्रेमिकाकी आमाले गा’लीग’लौ’ज तथा हल्लाखल्ला गर्न थालेपछि उनीहरू डराएर निस्केका छन् । तर, आफ्नो बाटो लागेका युवाहरूलाई गौंडो ढुकेर, घेरा हालेर, जनप्रतिनिधिकै नेतृत्वमा गाउँलेले ल’खेटी–ल’खेटी कु’टपि’ट गर्छन्, बाँ’धेर नदीमा फालिदिन्छन्, कोही मा’रिने डरले नदीमा हा’म्फाल्छन्। तर, यस्ता घटनामा पनि कोही भने पीडित पक्षकै दोष खोजिरहेका छन् । ‘घर घेर्न किन गए; लकडाउनमा कसरी गए; छोरी अ’पहरण गर्न जानेलाई के गर्नु त’ जस्ता अनेक प्रश्नहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् ।

रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए । स्थानीयका अनुसार नवराज र युवती लामो समयदेखि एकअर्काको घरमा आवतजावत गरिरहन्थे । गएको चैतमा पनि नवराज र युवतीले विवाहको प्रयास गरेका थिए । त्यतिवेला विवाहका लागि चौरजहारी पुगेका नवराजलाई वडा अध्यक्षसमेत रहेका युवतीका आफन्त डम्बरबहादुर मल्लले प्रहरी लगाएर पक्राउ गराए । तर, एक रात हिरासतमा राखेपछि प्रहरीले वडा अध्यक्ष मल्ललाई ‘के गर्ने’ भनेर सोधे । उनले यत्तिकै छोडिदिन भनेपछि नवराज फर्किएर आफ्नो घर गएको इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मसिंह श्रेष्ठले जानकारी दिए ।

स्थानीयका अनुसार युवतीलाई परिवारबाट विवाहको लागि कुरा चलेपछि र उनले नवराजसँग मिलेर विवाहको योजना बनाएकी थिइन् । त्यसपछि दुवैले १० जेठमा केटा पक्ष लिन चौरजहारी जाने र युवती भागेर केटाको घर फर्किने सल्लाह गरेका थिए । सोही सल्लाह अनुरुप नवराजले आफ्नो गाउँका १९ जनालाई साथमा लिएर रुकुम हान्निएका थिए । तर, रुकुम पुग्नु पहिले नै बीच बाटोमा उनीहरूमाथि आ क्रमण भयो ।

पीडित पक्षले युवतीको परिवारलाई कसैले खबर पुर्‍याएको हुनसक्ने अनुमान गरेका छन् । घाइते आशीष विकले आफूमाथि पुग्ने बित्तिकै आक्रमण भएको हुनाले उनीहरूले पहिल्यैदेखि बाटो ढुकेर बसेको हुनसक्ने बताए ।

केटा पक्षको समूह चौरजहारी पुग्नेबित्तिकै उनीहरू ल’खेटाइमा परेका थिए । प्रत्यक्षदर्शीका अनुसार करीब डेढ सयदेखि दुई सयसम्म गाउँलेहरूले लखेटेपछि १९ जनाको समूहसँग भागेर ज्यान बचाउनुको विकल्प थिएन । तर, उनीहरूको कोसिस सफल हुन सकेन ।

जसै उनीहरू चौरजहारीबाट लखेटिए जाजरकोट र रुकुमको बीचमा पर्ने भेरी नदी पार गर्ने प्रयास गरे । गाउँलेले पहिल्यै घेरा हालिसकेको भेरीको पुल तर्न सबैका लागि एकैपटक सम्भव नभएपछि केहीलाई नदीमा हाम फाल्नुको विकल्प रहेन । नदीमा हेल्लिएका मध्ये केहीले पार गरे भने केहीले जीवन नै गुमाए, केही अझै बेपत्ता नै छन् ।

ठूलो संख्यामा रहेका गाउँलेले जाजरकोटबाट गएका युवाहरूको समूहलाई भेरी पार गरेपछि पनि छोडेन । प्रत्यक्षदर्शीका अनुसार पुल घेरेर बसेका गाउँलेले नदी तरेकालाई समेत आ क्रमण गरे । प्रहरी नजिकै रहे पनि आक्रमणकारीलाई केही नगरी उल्टै पीडित पक्षलाई नियन्त्रणमा लिएको पीडित पक्षको गुनासो छ ।

चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्र्रनगरमा ¥याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको ¥यालीबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको परिक्रमा गरिएको हो । ¥यालीपछि आयोजित कोणसभाका वक्ताले जातीय विभेदकै कारण उक्त घटना भएको बताए ।

निष्पक्षरुपमा घटनाको अनुसन्धान हुनेमा आशङ्का रहेको बताउँदै उनीहरुले छानबिनका लागि संसदीय समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गरे । ‘छोरी बचाउ अभियान’ का संयोजक सजना सुनारले जातकै कारण अन्तरजातीय पे्रमका नाममा दलित मा’रिनुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो भनी प्रश्न गरे ।

राष्ट्रिय दलित पत्रकार सङ्घका कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारले जातकै आधारमा प्रेममा बन्देज लगाउन सामूहिक ह त्या गरिएको आरोप लगाए । “रुकुम पश्चिमको घटना इतिहासकै कालो दिन र दलित समुदायमाथिको जघन्य अपराधका रुपमा चित्रित भइरहनेछ”, उनले भने, “यो परिस्थिति निम्त्याउने सबैलाई कानूनी कठघरामा उभ्याउन सिङ्गो दलित समुदाय पुनःएकपटक जुर्मुराउन आवश्यक छ ।” ¥यालीमा विभिन्न पेशा व्यवसायमा आबद्ध दलित अगुवाको सहभागिता थियो ।

यसै क्रममा सुष्मा मल्लकी भाउजुले घटनाको बारेमा खुलासा गरेकी छन् । त्यस दिनको घटना र नन्दको पेटमा बच्चा छ भन्ने कुरा खास सत्य के हो त्यसको बरेमा तल तयार पारिएको भिडियो हेर्नुहोला

Related Articles

Back to top button
Close