Entertainment

आँचलले लेखिन् आलोचकहरुलाई मन रुवाउँने पत्र,धनको पछि लागि,पललाई धोका दि सुन्दा चित्त दुख्यो (भिडियो हेर्नुहोस )

मलाई माया गर्ने, घृणा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गाली स्वभाविक हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियोहरु मन पराइदिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडियोहरु गरिरहेको छु । चार वर्ष अघि किशोरावस्थामा रमाईरहेकी एउटा किशोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ ।

मेरो परिचयमा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बिराउँदा बोल्न, सम्झाउन तपाईहरुलाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला । आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णयहरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेरभन्दा बढी परिपक्व हुने कोसीस चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसैको एउटा प्रतिफल हो । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close