News

काेराेना संक्रमण राे’क्न कलेज ब’न्ददेखि सार्वजनिक कार्यक्रम प्र’तिबन्धसम्मकाे घाेषणा !

काठमाडाैं– भारतमा काेराेना संक्रमण तिव्र रुपमा वृद्धि हुन थालेपछि दिल्ली सरकारले शनिवार केही क्षेत्रमा प्र’तिबन्ध घाेषणा गरेकाे छ। दिल्ली सरकारले सामाजिक, राजनीतिक, खेल र मनाेरञ्जनसँग जाेडिएका सार्वजनिक गतिविधि राे’क लगाउने निर्णय गरेकाे हाे।

मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारले संक्रमणकाे दाेस्राे लहर राे’क्न यस्ता प्रतिबन्ध घाे’षणा भएकाे बताएकाे छ। भारतमा केही दिनयता दैनिक १ लाखकाे दरमा नयाँ काेराेना संक्रमित फेला पर्न थालेका छन्। राष्ट्रिय र अन्तर्रास्ट्रिय खेलमा सहभागी हुने बाहेक अन्य व्यक्तिले कुनै पनि स्विमिङ पुल प्रयाेग गर्न अनुमति पाउने छैनन्। विवाहमा ५० र अन्तिम संस्कारमा २० भन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन्।

हाेटल तथा रेष्टुरेन्टमा ५० प्रतिशत सिटमात्र प्रयाेग गर्न पाइन्छ। त्यसैगरी, सबै कलेज र काेचिङ सेन्टर बन्द रहनेछन्। बस र मेट्राेमा ५० प्रतिशतमात्र यात्रु राख्न पाइनेछ। हवाई यात्रामार्फत महाराष्ट्रबाट दिल्ली आउनेले आरटी पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य ल्याउनुपर्ने नियम जारी गरिएकाे छ। विना रिपोर्ट आएमा १४ दिन अनिवार्य क्वारेनटिनमा बस्नुपर्ने नियमसमेत दिल्ली सरकारले बनाएकाे छ।

Related Articles

Back to top button