News

बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा ढु’ङ्गा हा’नाहान हुँदा १९ जना घा’इते

भक्तपुर- भक्तपुरमा शनिबार शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढु’ङ्गा हा’नाहान हुँदा १९ जना घा’इते भएका छन् ।आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ ता’न्ने क्रममा घा’इते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

शनिबार अपराह्न ४ बजे रथ ता’न्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट ख’सेर रथको च’क्कामा प’र्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन् ।घा’इतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मु’लकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ ।

त्यस्तै रथ ता’न्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घा’इते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घा’इते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँ’च्चि’एपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घा’इते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फ’र्किएको प्रहरीको भनाइ छ ।

अधिकांश रथबाट ख’सेर, रथ ता’न्ने क्रममा रथको चक्कामा प’रेर, डोरीबाट ल’छारिएर र राति ढुङ्गा हा’नाहा’न हुँदा ढु’ङ्गाले ला’गेर घा’इते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।मध्यराति करिब साढे १ बजे रथ ना’समना पुगेपछि केहीबेर ढुङ्गा हा’नाहा’न भएको थियो ।

स्थानीयवासले बीचमै छा’डेको रथ आज बिहान पुनः ता’नेर बिहान ८ बजे गःहिटी पुर्‍याइएको छ ।यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उ’त्रि’एपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे ना’समना भन्दा वरैबाट फ’र्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बे’वास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हा’नाहान भएको थियो ।भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ ता’नेर शुरु गरिन्छ ।

विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प म¥यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबार स्क्वायर नेसं ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उनी बताउँछन् ।अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पू’जाअर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । – रासस ।

Related Articles

Back to top button