News

आमाको मृत्यु पश्चात पशुपति आर्यघाटमा खुट्टामा ढोगेर अन्तिम बिदाइ गरेकी नायिका ऋचा शर्माले आमालाई सम्झिदै भनिन्, ‘छोरी आज ठुली भई’

गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् ।

ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ ।’

Related Articles

Back to top button