News

संक्रमितको नयाँ रेकर्ड : आज थप ९ हजार ७० जनामा संक्रमण पुष्टि, ५८ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै ५८ जनाको संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।

पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस अघि बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

Related Articles

Back to top button