News

भर्खरै कोरोनावाट शिषण अस्पतालमा एक जनाको मृ’त्यु, निधन हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ । कोरोनाका कारण नेपालमा फेरी एक जनाको निधन भएको छ । दोलखाको ७६ वर्षको वृद्धको निधन भएको हो । काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगञ्जमा वृद्धको कोरोनाका कारण निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनका क्रममा सो कुराको पुष्टि गरेको हो ।

पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड(१९) को पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ। बुधबार थप १२ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ। अहिले सम्म नेपालका ६४ जिल्लामा कोरोना पुष्टि भएको छ । २१३० सय पुरुष र १७० महिला संक्रमित भएका छन् । मन्त्रालयले तरकारविाट रोग नसर्ने भएकाले तरकारी नफाल्न पनि आग्रह गरेको छ ।

गृह मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै उत्पादित तरकारी न ष्ट गर्न नदिन र उत्पादनलाई बजारसम्म पु¥याउने व्यवस्था मिलाउन भनेको छ । “स्थानीय कृषि उत्पादन खान मिल्दैन भनेर ढुवानी रोक्ने र न ष्ट गर्ने क्रम देखियो, त्यसलाई रोक्न र बजारसम्म पु¥याउनका लागि समन्वय गर्न स्थानीय प्रशासनलाई निर्देशन भएको छ”, मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भन्नुभयो ।

गृहले पठाएको परिपत्रमा किसानलाई निरुत्साहित हुने जस्ता गतिविधि रोकी उत्पादनलाई सहजरुपमा बजारमा पु¥याउने व्यवस्थाका लागि आवश्यक समन्वय गर्न भनिएको उहाँले जानकारी दिनुभयो । त्यस्ता गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउनसमेत भनिएको छ । कृषि उपजलाई उत्पादन भएको क्षेत्रमा रोक्ने, न ष्ट गर्ने बारीमै कुहिने अवस्थाले स्थानीय उत्पादनलाई ठूलो असर गर्न सक्छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सबैको भूमिका महत्वपूर्ण हुन्छ ।

पटकपटक जिल्लामा घटना घटेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा अवरोध आइरहेको सन्दर्भमा त्यसलाई रोक्न मागसहित गृहमा पत्र पठाएको थियो । मन्त्रालयले अन्यत्र जिल्लाबाट ल्याएको कृषि उपजको ढुवानी तथा बिक्री वितरण गर्न नदिई जफत गरी नष्ट गरिएको भन्ने सन्दर्भमा मन्त्रालयले यस्ता कार्यले कृषिउपज खेर जाने मात्र नभई कृषकको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नुपर्ने अवस्था सिर्जना हुन आउनेतर्फ सचेत गराएको छ ।

यस्ता कार्य कहीँ कतैबाट हुन नदिन र कृषकका उत्पादन सहजरुपमा ढुवानी र बिक्री वितरण हुने व्यवस्था मिलाउनसमेत मन्त्रालयले सम्बद्ध सबैमा अनुरोध गरेको छ । उक्त विषयमा नेपाल सरकारले गत वैशाख दोस्रो साता निर्णय गर्दै स्वास्थ्य मापदण्ड अपनाएर कृषिकर्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ । वैशाख १५ गते नै कृषि मन्त्रालयले विज्ञप्तिमार्फत जमिन बाँझो नराख्न, कृषि कर्मलाई निर्वाधरुपमा सञ्चालन गर्न, उत्पादित वस्तुको बजारीकरणको काम निर्वाधरुपमा सञ्चालन गर्न र काम गर्दा सुरक्षात्मक उपाय अपनाउन अनुरोध गरेको थियो ।

आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको सन्दर्भमा किसानका उत्पादनलाई न ष्ट गरेर किसानलाई हतोत्साही हुने कार्य गलत भएको भन्दै सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भइरहेको छ ।

Related Articles

Back to top button