News

भारतमा ‘निसर्ग’ आँधीको ड’र : ४७ गाउँ खाली गराइयो, नेपालमा पनि ठूलो वर्षाको सम्भावना

नयाँदिल्ली, २१ जेठ (रासस–एएनआई) । भारतमा फेरि आँधीको ख’तरा देखिएको भन्दै यहाँका कैयौं गाउँ खाली गराइएको छ। भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । सो आँधी महा राष्ट्रको तटीय क्षेत्रमा आइपुगेको पनि बताइएको छ । सो आँधी दक्षिणपूर्वी अरब सागरमा विकास भएको भनिएको बताइएको छ ।

भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बई र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी पनि दिएको छ । विशेषगरी महाराष्ट्र प्रदेशमा आँधीको बढी प्रभाव रहने बताइएको छ । आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौं मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुम्बइ र गुजरातमा हावाहुरीसहित मुसल्धारे पानी पर्ने चेतावनी यहाँका मौसमविद्हरुले दिएका छन् । उनीहरुको अनुमानका कारण सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै अन्य सतर्कता अपनाइएको बताइएको छ। यहाँका स्थानीय अधिकारीहरुले ठूलो संख्या मा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरु खटाइएको बताएका छन् । प्राप्त समाचारमा आज बेलुका आठ बजेसम्म आँधीसहितको वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

स्थानीय प्रशासनहरुले आज राति आठ बजेसम्म र त्यसपछि पनि आज रातिसम्म सम्भावित क्षेत्रका मानिसहरुलाई सचेत रहन भनेका छन् । निसर्ग आँधीको प्रभावका कारण नेपालमा तीन दिन ठूलो पानी पर्ने मौसमविदले जानकारी गराएका छन् । हावाहुरी, चट्याङ र भारी वर्षाका कारण खोनानाला बढ्न सक्ने हुँदा सचेत हुन मौसमविदले आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close