News

नेपालमा कोरोनाले मृ’त्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृ’त्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृ’त्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृ’त्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृ’त्यु भएको पुष्टि भएको हो ।ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे ।

‘डे’थ भएकोले प्राथमिकता दिनु भनिएको थियो । राति २ बजेसम्म काम गरेर रिपोर्ट निकाल्यौं । पोजेटिभ आएको छ,’ उनले भने ।यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वा’रेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृ’त्यु भएको थियो ।मृ’त्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वा’ब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए ।

मृ’तक युवकको श’वलाई प्रहरीले सु’रक्षा दिइरहेको र दा’हसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए ।मृ’तक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

योसँगै नेपालमा कोरोनाले मृ’त्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृ’त्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close