Health

काभ्रेका दुवै युवकको कोरोना रिपोर्ट नेगेटिभ

मंगलबार काभ्रेमा रयापिड डाइग्नोस्टिक टेस्टमा एन्टबडी पोजेटिभ देखिएको दुई युवकमा कोभिड १९ संक्रमण नभएको पाइएको छ । धुलिखेल अस्पतालमा बुधबार गरिएको प्रयोगशाला परीक्षणमा दुवै जनाको रिपोर्ट आएको जानकारी गराइएको छ ।

तर, मङ्गलबारको परीक्षणका क्रममा दुवै युवामा कोरोना भाइरसको शङ्का देखिएकाले धुलिखेल अस्पतालस्थित आइसोलेसन कक्षमा राखिएको थियोे ।हालसम्म धुलिखेल अस्पतालको प्रयोगशालामा दुई सय ६३ जनाको कोरोना संक्रमण परीक्षण भएको छ ।

Related Articles

Back to top button
Close