News

चीन-भारतबीच आज वार्ता, अन्तिम समयमा आएर चीनले दियो यस्तो अभिव्यक्ति, हल्लियो भारत

काठमाडौ । लामो समयदेखि चलिरहेको विवादलाई सहजीकरण गर्न दुइ छिमेकी राष्ट्र चीन र भारतबीच आज वार्तामा वस्ने भएका छन् । लद्दाखमा भइरहेको सीमा विवादबारे चीन र भारतबीच आज वार्ता हुँदैछ। दुई देशका लेफ्टिनेन्ट जनरलबीच लद्दाखमै वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदै आइरहेको छ।

उनीहरूबीच यस वर्ष मात्र ३ पटक झडप भइसकेको बीबीसीले जनाएको छ। झडपपछि दुवै देशले आफ्नो सीमा क्षेत्रमा सैनिक बल बढाएका छन् । विश्व समुदायको चासोको विषय बनेको यो विवाद आज हुन लागेको वार्ताले समाधान हुने विश्वास गरिएको छ । अर्को तिर सीमा क्षेत्रमा तनाव बढिरहेका बेला चीनले समग्रमा सीमा क्षेत्रको स्थिति शान्तिपूर्ण रहेको दाबी गरेको छ ।

जुन ६ तारिख चिनियाँ र भारतीय सेनाका उच्च पदाधिकारीबीच सीमा विवादलाई लिएर वार्ता हुने तय भइरहेको बेला बेइजिङले समग्रमा शान्तिस्थिति नियन्त्रित रहेको भन्दै नरम रवैया प्रस्तुत गरेको हो । शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहेर सम्बन्धित मुद्दालाई समाधान गर्न सक्रिय रहेको बताएका हुन् ।

तर उनले वार्ताको ठोस स्वरूपबारे प्रष्ट खुलाएनन् । भारतीय अधिकारीहरूले चिनियाँ सेनाले सीमा क्षेत्रमा बाक्लो उपस्थिति बढाएको दाबी गर्दै भारतले पनि उस्तै तयारी गरिरहेको बताउँदै आएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालै एउटा अन्तर्वार्तामा सीमा क्षेत्रमा केही तनाव भएको स्वीकार्दै भारतले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरेको बताएका थिए ।

Related Articles

Back to top button
Close