Intresting

बाटोमा हिँड्दा मोबाइल चलाउन नपाइने नियम लागू हुँदै !

एजेन्सी। धेरै जसो हिँडिरहेको बेला पनि स्मार्टफोनको स्क्रिनमा आँखा गाड्ने मानिसहरुको जोखिमयुक्त आनिबानीका कारण दिक्क भएर होला जापानको यामातो सहरले यसविरुद्धको नियम लागू गर्दैछ । यस्ता लापरबाह मोबाइल एडिकका कारण कहिलेकाहीँ सडक पार गर्ने क्रममा खतरनाक दुर्घटनासमेत हुने जोखिम हुन्छ ।

यहीँ जोखिमलाई ध्यानमा राखेर यामातो सहरले सडक तथा पेटीमा हिँडिरहेको बेला बटुवाहरुलाई मोबाइल चलाउन प्रतिबन्ध लगाउने नयाँ कानुन बनाउँदैछ । उक्त नयाँ कानूनको मस्यौदा जुन १ का दिन नगरसभामा पेस गरिएको छ । यदि कानुन पारित भएमा जुलाई १ तारेखदेखि नयाँ नियम लागू हुनेछ । नियम उल्लंघन गर्नेलाई सजाय गर्ने प्रावधान नयाँ नियममा हुने।

यो पनि – ३५ हजार फीट माथि उडिरहेको जहाजमा बच्चा जन्मिएपछि…

एजेन्सी- एक महिलाले ३५ हजार फिट माथि उडिरहेको विमानमा बच्चा जन्माएकी छिन् । साउदीअरबको दम्मासबाट भारतको कोच्चिआतीका लागि उडेको विमानमा एक यात्रुले बच्चा जन्माएकी हुन् ।

उडिरहेको विमानमा बच्चा जन्मिएपछि केहीबेर विमानभित्र असहज परिस्थिति बनेको थियो । ती महिलाले बच्चा जन्माएपछि विमान मुम्बइमा आकस्मिक अवतरण गरिएको थियो ।

महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । जहाजभित्रै नर्मल डेलिवरी भएपछि उक्त जेट एयरवेजले बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।

जेट एयरवेजले यस बच्चाका लागि फ्री पास समेत जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जेट एयरवेजको फ्लाइटमा यो घटना पहिलो पटक भएको कम्पनीले दाबी गरेको छ ।

Related Articles

Back to top button
Close