News

विपत्तीमा सेना र प्रहरी संगसंगै

काठमाडौ । बाढी पहिरो जस्ता विपत्तीमा नेपाली सेना र प्रहरी संगसंगै उद्दार र सहयोगमा लागेका छन् । ठूलो वर्षा पछि बाढीले तहस नहस पारेपछि मनाङमा सेना र प्रहरी सहयोगमा जुटेका हुन् । अविरल वर्षापछि आएको बाढीले पुल बगाएर स्थानियलाई समस्या भएपछि प्रहरी र सेना मिलेर ठाउँ ठाउँमा काठको पुल बनाएका छन् । यसरी काँधमा बोकेर ठूला काठ पुल बनाउ ठाउँ ठाउँमा लगिएको छ ।

नेपाली सेना र नेपाल प्रहरीले मिलेर चामे गाउँपालिका (३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा काठे पुल बनाएका हुन्। काठे पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवत, जावत गर्न सहज भएको छ। असार पहिलो साता बाढीले मनाङका विभिन्न भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको थियो।

गत मंगलवार आएको ठूलो वर्षा र बाढीले सिन्धुपाल्चोकमा पनि ठूलो धनजनको क्षती गराएको छ । त्यहाँ पनि नेपाली सनो र प्रहरी उद्दार राहतमा जुटेका थिए । बाढीमा परेर अलपत्र नागरिकलाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ । पुल नभएका ठाउँमा यसैगरी काठेपुल पनि बनाइएको छ । सबै तस्बिरहरू सौजन्यस् नेपाली सेना

Related Articles

Back to top button