News

एउटै मन्त्रीलाई ५ मन्त्रालय, विष्णु पौडेल सबैभन्दा भाग्यमानी !

काठमाडौ । अदालतको आदेशले २० जना मन्त्री पदमुक्त भएपछि बाँकी रहेका प्रधानमन्त्रीसहित अन्य चार मन्त्रीको कार्यविभाजन गरिएको छ।पदमुक्त नभएका चार मन्त्रीहरुले हेर्नेगरी राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् । जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय सम्हाल्ने भएका छन् ।

यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यसैगरी लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अन्य रिक्त मन्त्रालय भने प्रधानमन्त्री आफैले सम्हाल्नेछन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेका उल्लेख छ ।

Related Articles

Back to top button