News

गंगा चौधरीमाथि खनिइन् अर्की सांसद चन्दा चौधरी, ‘हिन्दीमा सपथ लिँदा आपत्ती भएन अहिले किन आपत्ती ?’ (भिडियो हेर्नुस्)

काठमाडौं । आइतवारको संसदमा पनि राजपाका केही सांसद अर्का सांसद गंगा चौधरी माथि खनिएका छन् । भारतीय चेली भनेको विषयलाई राजपाका सांसदले आपत्ती जनाएका हुन् । बजेटको खर्च कटौती माथिको प्रस्तावमा बोल्नुपर्ने समयमा राजपाकी सांसद चन्दा चौधरीले सो विषय उठाएकी हन् ।

नेकवा सांसद गंगा चौधरी सत्गौवाको भनाइको खण्डन गर्दै उनको भनाई रेकर्डबाट हटाउन माग गरेकी हुन् । उनले बजेटको खर्च कटौतीमाथिको प्रस्तावमा बोल्ने क्रममा विषयमा वस्तुमा प्रवेश नगरी त्यो विषय उठाएपछि सभामुखले उनलाई विषयमा केन्द्रित हुन आग्रह गरे । तर उनले सभामुखको आग्रहको सुनुवाई नगरी प्रस्ताव भन्दा बाहिरको विषयमा आफ्नो भनाई राखिरहिन् ।

सभामुख अग्नि सापकोटाले आफूले सो विषयमा रुलिङ गरिसकेको र विषयबस्तुमा प्रस्वेश गरेर बोल्न आग्रह गरका थिए । उनले यति भनिरहँदा पनि सांसद चौधरीले सभामुखको कुरा तर्फ ध्यान नदिएर आफ्नो भनाई राखिरहिन् । सांसद चन्दा चौधरीले गत जेठ १९ गते संसदमा ‘विदेशी चेलीको दादागिरी’ भन्ने शब्द रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

सभामुख सापकोटाले भने, ‘त्यो विषयमा मैले रुलिङ गरिसकेको छु, त्यसबारेमा सवै विवरण लिएर कार्यव्यवस्था समितिमा छलफल गरेर आवश्यक निर्णय लिन्छु । त्यो विषयमा नजानुहोला ।’

संसदमा हिन्दी भाषामा बोल्दैमा कोही भारतीय नहुने भन्दै उनले २०४८ सालदेखि संसदमा हिन्दी बोल्दै आएको दावी गरिन् । हिन्दी भाषामा सपथ लिँदा आपत्ती नहुने तर संसदमा बोल्दा आपत्ती हुने उनको भनाई थियो । उनले अर्का सांसद गंगा चौधरीको अभिब्यक्ति रगत उमाल्ने प्रकृतिको भएकाले त्यसलाई हटाउन आग्रह गरेकी थिइन् ।

उनले आफ्नो दलको सचेतकसँग कुरा गर्दा रेकर्डबाट हटाएको नपाएपछि पुनः कुरा उठाउनु उचित ठानेको तर्क राखेकी थिइन् । नेपाल भारतबीच विवाह हुने, पूरानो संम्बन्ध रहेको बताउदै त्यसबारेमा गंगा चौधरीसँग घण्टौं छलफल गर्न सक्ने उनको भनाई छ ।

सभामुख सापकोटोले ब्यक्तिगत रुपमा आरोप प्रत्यारोप भएपछि संसद नियमावलीको २१ को ङ तर्फ ध्यानाकर्षण गराउँदै विषयबस्तुमा केन्द्रीत हुन आग्रह गरे । त्यो विषयमा रुलिगं भइरहेकाले पुन एउटै विषयमा आरोप प्रत्यारोपमा नउत्रिन सभामुखको आग्रह थियो ।

Related Articles

Back to top button
Close